सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।
बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका थिए । सर्लाही प्रहरीका अनुसार मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । प्रहरीले शिशु फाल्नेको खोजी सुरु गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस