काठमाडौं । एमालेको ताप्लेजुङ पार्टीले सचिव योगेश भट्टराईसहितका नेताहरूमाथि ढुंगामुढा गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
आइतबार ताप्लेजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा नेताहरूमाथि पहिचानवादीले आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।
जिल्लाका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जारी गरेको विज्ञप्तिमा अराजक समूहलाई तत्काल नियन्त्रण गरी तत्काल कारबाही गर्न माग गरिएको छ । आइतबार भट्टराई सवार गाडीमा ढुंगामुढा भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस