दार्चुला । सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाईबिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो ।
राजपत्रको सूचनाअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्याउनले जङ्गली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने छ । ‘ राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जङ्गली बँदेल पक्रन र मार्न सकिने छ,’ राजपत्रमा भनिएको छ,‘ यसका केही सर्त छन्, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ ।’
मरेको बँदेललाई सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा ५ जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरी गाड्न वा तौलको आकारमा मुल्य तोकी उक्त रकम सम्बन्धित स्थानीय तहमा राजश्वका रुपमा दाखिला गर्नेपर्ने व्यवस्था गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस