काठमाडौं, ८ मंसिर । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको बताएको छ । अनुमति बिना जर्वजस्ती गरे कारबाही गर्ने चेतावनी पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले बक्तब्य नै दिएर प्रसाईंलाई त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको बताएका हुन ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति–केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबादेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ । यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन’ |
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति सुरक्षामा गम्भीर असर पार्नेगरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’
प्रसाईंले भने बिहिबार बेलुकी पत्रकार सम्मेलन गरेर आज देखि तीनकुनेमा प्रर्दशन गर्ने घोषणा गरेका थिए । ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’ प्रसाईंले भनेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस