मंसिर ७ गते ‘जनविद्रोह’ तयारी गरेका व्यवसायी दुर्गा प्रसाईँले नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चेतावनी दिएका छन्।
उनले अभियानको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्य दलहरुलाई नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चेतावनी दिएका हुन्।
त्यस्तै, उनले मंगलबार राति जडिबुटीबाट महिलाहरु सुतिरहेको ठाउँबाट लखेटिएको घटनाको भिडियो हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँग आग्रह पनि गरेका छन्।
उनले पत्रकार सम्मेलनका क्रममा भने- म राधिका शाक्य हजुरआमालाई महिलाहरुमाथि भएको अपमानको भिडियो हेर्न आग्रह गर्छु, उहाँलाई त्यो भिडियो कस्तो लाग्यो?’
मंगलबार राति जडिबुटीमा बास बसेका दुर्गा प्रसाईँका समर्थकहरुलाई युवा संघ भनिएका युवाहरुको समूहले जबर्जस्ती उठाएर लखेटेको घटना सामाजिक सञ्जालमा बुधबार बिहानदेखि भाइरल भइरहेको छ।
उनले आफूले ऋण मिनाहाका लागि आन्दोलन नगरेको दाबी पनि गरे। ‘मेरो ऋणको धितो छ, त्यही लिलाम गरे भइहाल्यो नि, मैले ऋण मिनाहाका लागि आन्दोलन गरेको होइन,’ उनले भने।
उनले पत्रकार सम्मेलनका क्रममा केही महिलाहरुलाई अगाडि ल्याउँदै उनीहरु सहकारीपीडित भएको र उनीहरुका लागि आफूले आन्दोलन गरेको बताए। ‘यिनीहरु सहकारीपीडित हुन्, यिनीहरुको मुक्तिका लागि मैले आन्दोलन गरेको हुँ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस