काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनका गल्ली गल्ली तथा गाउँ गाउँमा जनताको घरदैलोमा पुगरिहेका छन् । जनताको घरदैलोमा पुगेर जनतालाई सुख–दुख सोधिरहेका छन् । रविमात्रै होइनन् राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद घरदैलोमा व्यस्त छन् ।
चितवनका जनताले दुईदुई पटक ऐतिहासिक मत दिएर चुनाव जिताएर पठाएका रवि चुनाव सकिएको वर्ष दिनमै फेरि जनताको घरदैलोमा पुगिरहेका छन् ।
गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ–आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका छन् ।
सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।
घरदैलोको तेस्रो दिन उनी इच्छाकामना ५ , पाम डाडा, साठीमुरे, तामिन वरपर पुगे । उनले सो क्षेत्रबाट सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुन्दर मेरो निर्वाचन क्षेत्रबारे जानकारी दिन छिटै एउटा बृत्तचित्र बनाउने योजना बनाएको छु । इक्छुक डकुमेन्ट्री मेकरले खबर गर्नु होला ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस