काठमाडौँ : बिबिसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालबाट रुक्साना कपालीसमेत समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।
कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूहका लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बिबिसीको यो सूचीमा पर्ने उनी एक्ली नेपाली महिला हुन् । १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस