नेकपा (एमाले) को मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको बाटो अवलोकनका लागि उपमहासचिवको नेतृत्वमा दुई टोली दुईतिर खटिएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा बिहीबार बिहान एउटा टोली पाँचथरको चिवा भञ्ज्याङ गएको छ। त्यस्तै, उपमहासचिव विष्णु रिमालको नेतृत्वको टोली बिहीबारै बैतडीको झुलाघाटतर्फ गएको ज्ञवालीले जानकारी दिए।
ज्ञवालीको टोलीमा केन्द्रीय सदस्य किरण पौडेल, वसन्तकुमार नेम्वाङ, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडालगायत छन्। रिमालको समूहमा पनि केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीलगायत रहेका छन्।
नेकपा (एमाले) को गत वैशाखमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो। अभियानको मिति तय हुन भने बाँकी छ।
‘म पूर्वबाट बाटो हेर्दैहेर्दै आउँछु, विष्णु रिमालजी पनि पश्चिमबाट ठाउँ हेर्दै आउनुहुनेछ। बीचमा हामी भेट्छौं। अहिले हामी बाटोको अवस्था अवलोकनका लागि नै आएका हौं,’ ज्ञवालीले भने।
एमालेले मंसिर ८, ९ र १० गते केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ। त्यसभन्दा अघि सचिवालयको बैठक बस्ने छ।
esewa
Laxmi bank
ती बैठकले अभियानको विस्तृत योजना बनाउने एक नेताले जानकारी दिए। नेकपा (एमाले) ले अहिले संगठन सुदृढीकरण तथा विस्तार अभियान चलाइरहेको छ।
उसले गत फागुन ५ देखि वैशाख ९ गतेसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो। लगत्तै प्रदेशका अधिवेशनमा होमिएको एमालेले माघ मसान्तभित्र जिल्ला र पालिका तहका अधिवेशन गरिसक्ने लक्ष्य लिएको छ। र, सोहीअनुसार परिपत्र पनि गरेको छ।
Nchl
The web
यही बीचमा युवालक्षित मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउन लागेको हो। एमालेले यसअघि २०७३ फागुन २१ गते मेची–महाकाली अभियान सञ्चालन गरेको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस