आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सेमिफाइनल खेल आज (कात्तिक १७ गते) शुक्रबार नेपाल र यूएईबीच हुदैँछ। समूह ए को उपविजेता नेपाल र समूह बी को विजेता यूएई बीच आज बिहान ११ बजे सेमिफाइनल खेल हुनेछ। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।
सो खेलमा विजयी टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनले खेलमा प्रवेश गरेका दुबै टोली टी–२० विश्वकपमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल निकै महत्वपूर्ण छ। फाइनल खेल कात्तिक १९ गते आइतबार त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे शुरु हुनेछ।
समूह चरणका खेलहरुमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित भइ नेपाल उप विजेता बनेर सेमिफाइनल खेलमा प्रवेश गरेको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस