हेटौंडा, १७ कात्तिक । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले लम्साललाई संसदीय दलको सचेतकमा नियुक्त गरेका हुन् । कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम लामाले लम्साललाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।
लम्साल धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सांसद हुन् ।
बागमती प्रदेशमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस