भैरहवा– सेवाप्रवाहलाई चुस्त राख्न र सहज बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय, रुपन्देही र इलाका प्रशासन कार्यालय, बुटवलले सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालयको नेतृत्वमा प्रशासनले सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको हो । १७ वटा सरकारी कार्यालयहरुमा गरिएको अनुगमनमा २६.७२ प्रतिशत कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार ०.९० प्रतिशत कर्मचारीले डे«स कोर्ड पालना नगरेको पाइएको छ । ‘समयको पालना नगर्ने, विदा स्वीकृत नगरी विदामा बस्ने, डे«स कोर्डको पालना नगर्ने कर्मचरी र कार्यालयहरुलाई प्रशासनले स्पष्टिकरण सोधेको छ’, सहायक प्रजिअ अर्यालले भने, ‘स्पष्टिकरण आएपछि कारबाही गर्ने वा पहिलोपटकलाई सचेत गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीको समन्वयमा निर्णय हुन्छ ।’
दशैं विदापछि सरकारी कार्यालयहरुबाट पद्धत हुने सेवाहरु प्रभावकारी रुपमा प्रवाह गर्ने, विदापछि कार्यालय खुल्दा कर्मचारीहरुको हुन सक्ने अनुपस्थिति दर घटाउने, कर्मचारीहरुलाई समय र डे«स कोर्डको पालना गर्नुपर्नेे आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्ने उद्देश्यले छड्के निरीक्षण गरिएको अर्यालले बताए । उनले कुनै पनि बहानामा सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिन नहुने र कर्मचारीले ढिलासुस्ती गर्न नहुने जनाउँदै यसतर्फ सचेत हुने सबै कर्मचारीलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त राख्न निरन्तर अनुगमन र छड्के निरीक्षण गर्ने बताए । दशैं विदा पछि अझै पनि सबै सरकारी कार्यालयमा कर्मचारीहरु हाजिर भएका छैनन् । यसले सेवाग्राही मर्कामा परेका छन् । यसलाई रोक्न र सहज सेवा प्रवाहका लागि प्रशासनले निरन्तर कार्य गर्दै आएको प्रजिअ अर्यालले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस