काठमाडौँ – धार्मिक तथा सामाजिक सद्भाव विथोलिने संकेत देखेपछि बाँकेको नेपालगञ्जमा ३ दिनदेखि लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।
नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा भने जारी छ। उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँङ्गा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्। आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ ।
पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले नेपालगञ्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो। यस बीचमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न भन्दै दुवै समुदायका अगुवाले सद्भाव र्याली तथा बैठकहरु समेत आयोजना गरेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस