काठमाडौं : डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।बुधबार राति बसेको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ ।
यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने नेपाल समाजवादी पार्टीले निर्णय गरेको छ ।पार्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस