चितवन, प्रतिकूल मौसमका कारण आज (बुधबार)चितवनमा हवाई उडान प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण आज बिहानैबाट उडान प्रभावित बनेको हो ।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार आज भरतपुरबाट एउटा मात्रै उडान भएको छ । प्रतिकूल मौसमकाका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध एयरले काठमाडौँको एउटा उडान भरेपनि हाल सबै उडान प्रभावित भएको बस्नेतले जानकारी दिए ।
उनी भन्छन्, ‘बुद्ध एयरले काठमाडौँको ९ र पोखराको एक गरी दैनिक १० वटा उडान गर्दै आएको भएपनि आज सबै उडान प्रभावित छन् । तर, अबको केही समयमा मौसम खुल्य भने बेलुकासम्म ४ वटा उडान भर्ने अनुमान गरेका छौँ ।’
चितवनमा गयराति देखि नै ठूलो वर्षा भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस