स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा आज पनि कर्फ्युलाई निरन्तरता दिएको छ ।
मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।
दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ ।
केहीबेरमा बस्ने सर्वदलिय तथा सर्वपक्षीय बैठकपछि मात्रै कर्फ्यू हटाउने कि नहटाउने भन्ने विषयमा ठोस निर्णय हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । ‘बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको छ,’ उनले भने ।
दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगञ्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ ।
दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । झडपमा परेर केही घाइते भएका छन् । अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको सीडीओ आचार्यले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस