काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा र खरिदारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
घुस रकमसहित उनीहरूलाई इनरुवा नगरपालिका-३, मालपोत चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जग्गा नामसारी गरेबापत कटुवाल र अधिकारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस