सिरहा : सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित तारापट्टिबाट सशस्त्र प्रहरीले करीब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैधरुपले ल्याई लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मूल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्थानीयवासीको तीनवटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको भन्ने खुल्न सकेको छैन। बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस