चितवन, नेकपा एमालेनिकट प्रेस चौतारीको भवन निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । निर्माणाधीन उक्त भवन निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगर कमिटीका सचिव तथा युवा व्यवसायी सुलभ सिग्देलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । त्यसै हालै मात्र माल्टा गएका युवा पत्रकार विप्लव काफ्लेले ५ हजार ६५ रुपैयाँ सहयोग गरेका छन् ।
राप्रपाका नगर सचिव सिग्देलले भवन निर्माणस्थलमा नै पुगेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सो क्रममा सिग्देलले पत्रकारहरूको संगठनले आफ्नो भवन बनाउँदै गरेको अवस्थामा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले फरक आस्था र विचार भए पनि त्यसभन्दा माथि उठेर सहयोग गरेको भन्दै पत्रकारहरुको संस्थागत विकास र क्षमता अभिवृद्धिमा भवनले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
प्रेस चौतारी चितवनले भरतपुर–११ बसेनीमा निर्माण गरिरहेको उक्त भवन देशमै पहिलोपटक बन्दै गरेको भवन हो । भवनको पहिलो ततला ढलानको काम सकेर भित्र फिनिसिङको काम भैरहेको छ । यस्तै, भवनको दोस्रो तला ढलानको तयारीसमेत सुरु गरिएको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत वर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।
यसअघि नेपाल पत्रकार महासं चितवनका उपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका चितवन इन्चार्ज प्रकाशमणि ज्ञवालीले उक्त भवन निर्माणका लागि २५ हजार रुपैयाँ प्रदान गरेका थिए । समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डै १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरेर भित्र प्लाष्ट्ररको काम भैरहेको छ । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस