चितवन, असोज ३-भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत रानाले शिक्षकहरुको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न पाउने अधिकारको पनि शिक्षकले ख्याल गर्नुपर्ने भन्दै विद्यालय बन्द भए एक्सनमा उत्रने बताएका हुन् ।
शिक्षकहरुको आन्दोलनले रातभरमा केही निष्कर्ष आउला भन्ने आशा गरौं । निष्कर्ष नआए पनि शिक्षकहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । लामोसमयसम्म आन्दोलनकै कारणले विद्यार्थीले पढ्न नपाउने अवस्था आएमा भरतपुर महानगरपालिकाले एक्सनमा उत्रन्छ ।’ उनले आन्दोलनले धेरै दिन पठनपाठन अवरुद्ध हुँदैन भन्ने आशा पनि व्यक्त गरे । शिक्षकहरु आफैँ बुझ्ने मानिस भएकोले बालबालिकाको पढ्न पाउने अधिकारबारे भनिरहनु नपर्ने विचार रानाले राखे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस