काठमाडौं, असोज ३ : नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको छ । काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए । बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भिड थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।
नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस