काठमाडौं, असोज ३ : नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पठाएको पत्रमा एकताका लागि पार्टीको नाम परिवर्तन गर्न आगामी महाधिवेशनमा छलफल गर्ने उल्लेख गरेका छन् । सो पत्रमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।
माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारीहरूको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल भएको महासचिव देव गुरुङले जानकारी दिएका छन् । पार्टी एकता गर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनमा सहकार्य गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस