काठमाडौं, असोज ३: सुनचाँदी ब्यवसायी संघका पदाधिकारीले नै तस्करीको सुन किन्ने गरेको थाहा भएको छ । हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा पक्राउ परेका शिवकुमार सर्राफले तस्करीको सुन किन्ने गरेको केन्द्रिय अनुसन्धान ब्यूरो ‘सिआईबी’को अनुसन्धान निष्कर्ष छ ।
शिवकुमार सर्राफ नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष र सुनचाँदी व्यवसायी संघ बाराको अध्यक्ष हुन् । बुटवल घर भएका सुमन खरेलसँग सर्राफले सुन किन्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
चिनियाँ सुन तस्कर याओ पुचेङ्गले दिएको सुन खरेलमार्फत सर्राफले खरिद गरेका हुन् । सुमनसँग तस्करीको सुन किनेको कुरा सर्राफले बयानमा स्विकार गरेका छन् । काठमाडौंको रातोपुल र कालोपुलमा खरेलसँग भेटेर उनले सुन खरिद गरेका हुन् । सिआईबीका अनुसन्धान अधिकृतहरुसँगको बयानमा सर्राफले भनेका छन्–‘मैले सुमन खरेललाई काठमाडौंको रातोपुल र कालोपुलमा भेटी निजबाट ५ सय ग्राम सुन लिएको हुँ ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस