जनकपुरधाम, भदौ २२ : रौतहटमा पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।
रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ ।
स्थानीय उमेश साहका अनुसार बिहिवार राति अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस