काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श संचालनका लागि धरौटी अनिवार्य रहेको जनाएको छ । शैक्षिक परामर्श क्षेत्रमा ठुलो मात्रामा कारोबार हुने गरेको र धेरै संख्यामा विद्यार्थी विदेश अध्ययनमा पठाउने गरेको भन्दै धरौटी अनिवार्य रहेको जनाएको हो ।
स्रोतका अनुसार बन्दै गरेको संघीय शिक्षा ऐनमा धरौटी कायमै रहेको जानकारी दिँदै शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थापन गर्न धरौटी आवश्यक रहेको खबर एजुकेशनलाई बतायो ।
स्रोतले भन्यो अहिले सबै भन्दा धेरै कारोबार यही क्षेत्रमा हुने गरेको छ । कामका लागि विदेश जानेको संख्याका हाराहारीमा विद्यार्थी विदेश अध्यनमा जाने गरेका छन् । विद्यार्थी विदेश गएर अलपत्र परे शैक्षिक परामर्शले जिम्मा लिदैँनन् तसर्थ धरौटीको सवाललाई यथावत रुपमा राखेका छौं, यो चाहिन्छ ।
स्रोतले विद्यालय शिक्षा ऐनमा कुनै अर्के प्रयोजनमा राखिएको तर पछि अवश्यक नभएपछि परिमार्जन गरिएको जानकारी दिँदै धरौटी यथावत राहेको र विश्वविद्यालयसँग सम्बन्धीत बन्दै गरेका ऐनमा राखिएको बताएको हो ।
त्यसैगरी अनाधिकृत रुपमा बन्दैज गरिएका गतिविधि गर्ने, शैक्षिक मेलाको आयोजना गर्ने, विद्यार्थीको आफै ऐजेन्ट बनेर इन्सुरेन्स गर्ने, विद्यार्थीको पैस अपचलन गर्ने, बैंक, विश्वविद्यालय, कलेज, तथा सरकारी कागजपत्र नक्किल बनाउने, गैरकानुनी तरिकाबाट विदेशमा पैसा पठाउने र ल्याउने लगायतका कारोबार गरेको पाइए पछि धरौटि राख्न लागिएको स्रोतको भनाई छ ।@खबर एजुकेशन
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस