काठमाडौें,भदौ १३- विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।
उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनीविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।
गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।
त्यस क्रममा चिनयाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर सुन तस्करी प्रकरणमा उनीहरुविरुद्ध अनुसन्धान भएको थिएन ।
महरा बाबुछोरामाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले र नागरिकस्तरबाट पनि माग भइरहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस