चितवन, भदौ ८ : हिजो राती करिब साढे ८ बजेको समयमा नारायणी नदीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता भएकी छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैंडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
ती महिलाले झोला र मोबाइल पुलमा छाडेर नदीमा हामफालेको गैंडाकोट प्रहरीका डिएसपी बेद पौडेलले बताए । महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरेपनि नभेटिएको पौडेलले बताए ।
नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भएको हो । नदीमा हामफाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी पुलबाट नदीमा हामफाल्ने क्रम बढेपनि यसलाई नियन्त्रण गर्नतर्फ सरकार लागेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस