चितवन, चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलको सरुवा भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी पौडेललाई नुवाकोटको सिडिओ बनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी पौडेल छोटो समयमै चितवन बाट सरुवा भएका हुन् । पौडेलको सरुवा भएसंगै चितवनमा भुपेन्द्र थापा आउने भएका छन् । थापा हाल सप्तरीका प्रमुख जिल्ला अधिकारी हुन् ।
गृह मन्त्रालयले चितवनसंगै चार जिल्लाको सिडिओ सरुवा गरेको हो । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवनसंगै नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।
मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस