काठमाडौं,साउन २९ : रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति छाड्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी ऋषि धमला पत्नी एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । ओलीसँग भेट गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु सार्वजनिक गरेकी छन् ।
‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले लेखेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ ।’
२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गरेकी थिइन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस