गुलरिया : बबई नदीमा दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता भएका छन्। नदीको सतह बढेर सतर्कता तह पार गरेको नदीको भेलमा दाउरा छोप्दा दुवै अलग अलग स्थानबाट बेपत्ता भएका हुन्।
बबई नदीमा डुबेर गुलरिया नगरपालिका-८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाबाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारू भैसाहीबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।
बेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।
घटनास्थलमा मोटरबोटसहित सुरक्षाकर्मी मार्फत खोजी कार्य भइरहेको उनले बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस