चितवन, साउन २० : चितवन भरतपुरस्थित मनकामना अस्पतालमा अबैध रुपमा गर्भपतन गराउने गरेको खुलेको छ । अस्पतालले गर्भपतनको स्वीकृत नलिइकन गर्भपतन गराउँदा एक महिलाको मृत्यु समेत भएको छ । स्वास्थ्य कार्यालय चितवनले मनकामना अस्पताल गर्भपतन सेवाका लागि अनुमती नलिएको जनाएको छ । कार्यालयकी जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चपागाईँले कानुनी रुपमा अस्पतालले स्वीकृत नलिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, २३ वटा सरकारी र नीजि अस्पताल र स्वास्थ्य संस्थाहरुले गर्भपतनका लागी अनुमती लिएका छन्,तर मनकामना अस्पतालले अनुमति लिएको हामीसंग कुनै रेकर्ड छैन । उहाँले अनुमती नलिइ गर्भपतन गराउन नपाइने बताउनुभयो ।
कानुनमा महिलाको इच्छा अनुसार पहिलो अवधिमा १२ हप्ता सम्मको गर्भपतन गराउन पाइने व्यवस्था छ । तर मनकामना अस्पतालले झण्डै १८ हप्ताको गर्भपतन गराएको छ । १८ हप्ताको गर्भपतन कानुनी रुपमा अबैध हुने चापागाइँले बताउनुभयो । ‘श्रीमन श्रीमतीको सल्लाहा मिलेपनि १८ हप्ता कटेपछि गरिने गर्भपतन अबैध हो,उहाँले भन्नुभयो ।’ उहाँले लिङ्ग पहिचान गरेर गर्भपतन गराउन नपाइने उल्लेख गर्दै भिडियो एक्सरे गर्दापनि चिकित्सकले छोरा छोरी के छ भनेर भन्न नपाइने बताउनुभयो ।
यस्तै दोस्रो अवधिमा विभिन्न कारण खुलेमात्रै छ महिनासम्मको गर्भपतन गराउन पाइने व्यवस्था छ । बलत्कारमा परेका महिला,हाडनाता सम्बन्धको केस, मानसिक सन्तुलन ठिक नभएका १६ बर्ष मूनिका महिलाले अभिभावकको सल्लाहामा गर्भपतन गराउन पाउँछन् । तर मनकामना अस्पतालले गर्भपतनको सम्बन्धन नलिइ १८ हप्ता माथिको गर्भपतन गराएको छ । त्यो पनि लिङ्ग पहिचान भएको आधारमा ।
चितवनमा २३ वटा स्वास्थ्य संस्थाले गर्भपनका लागि अनुमति पाएका छन् । जिल्लामा १४ वटा सरकारी र ९ वटा निजि स्वास्थ्य संस्थाले गर्भपतनका लागि अनुमति लिएको चापागाईँले बताईन् ।
सम्बन्धन प्राप्त गर्नेमा सरकारी तर्फ भरतपुर अस्पताल, माडीको बगौडा अस्पताल, रत्ननगरको बगौडा अस्पताल, खैरहनीको खैरहनी अस्पताल, कालिकाको जुटपानी अस्पताल, शक्तिखोर हेल्थ पोष्ट, भण्डारा अस्पताल, पिप्ले हेल्थपोष्ट, वीरेन्द्रनगर हेल्थ पोष्ट, काउले हेल्थ पोष्ट, मेघौली हेल्थ पोष्ट, शिवनगर प्राथमिक केन्द्र, जगतपुर हेल्थ पोष्ट, र शारदानगर हेल्थपोष्ट रहेका छन् । त्यसैगरी निजि तर्फ चितवन मेडिकल कलेज, चौधरी क्लिनिक खैरहनी, नेपाल परिवार नियोजन संघ, नेशनल सिटि अस्पताल, नारायणी सामुदायीक अस्पताल, आदर्श नारी क्लिनिक, मेरो स्वास्थ्य क्लिनिक, सुनौलो भविष्य नेपाल र मेरी स्कोपले गर्भपतनका लागि अनुमति लिएका छन् । उनीहरुले मेडिकल र सर्जिकल प्रकृयाबाट १२ हप्तासम्मको गर्भपतन गराउने गरी अनुमती पाएको चापागाईले जानकारी दिइन् । तर, १२ हप्ताभन्दा माथिको गर्भपतन गराउने अधिकार भरतपुर अस्पताललाई मात्र छ ।
अस्पतालमा गएराती भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो । चिकित्सकले लापरबाही गर्दा चार महिने गर्भवतीको मृत्यु भएको भन्दै आफन्तहरुले दिनभर अस्पताल घेराउ गरे । अस्पतालले गल्ती स्वीकारदै २७ लाख ५० हजार दिने सहमती गरेपछि आफन्तहरु शव बुझ्न राजी भए । यसबारे अस्पताल प्रशासन भने प्रतिक्रिया दिन मानेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस