भरतपुर, चितवनको मनकामना अस्पतालमा शुक्रबारराती चार महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ ।
अस्पतालमा गएराती भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा मृत्यु भएको थियो । आज आफ्न्त र अस्पताल प्रशासनविच भएको वार्तामा अस्पतालले गल्ती स्वीकार गरेको हो । उपचारका क्रममा चिकित्सकले साल निकाल्ने क्रममा लापरवाही गरेपछि मृत्यु भएको अस्पतालले स्वीकार गरेको स्रोतले बताएको छ ।
सामान्य रक्तस्राव भएर अस्पताल आएकी भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराती करिब १२ बजेतिर मृत्यु भएको थियो । अस्पतालले सहमती अनुसार अस्पतालले गल्ती स्वीकारदै पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि आफन्तले बताए । ‘सुरुमा आफन्तले ४० लाख डिमाण्ड गरेको थियो, अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । पछि २७ लाख ५० हजारमा सहमती भयो, स्रोतले भन्यो ।’ चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै दिनभर अस्पताल घेराउ गरेका थिए । आज दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।
उनका अनुसार नविनाको उपचारमा डा मोना श्रेष्ठ संलग्न थिइन् । क्षतिपूर्ती रकमले रविनाको पाँच वर्षीय छोरीलाई पनि पढाउने सहमति भएको उनले बताए । चिकित्सकको लापरबाहीका कारण अपरेशनपछि झनै रक्तस्राव हुन गई नविनाको मृत्यु भएको सन्तोषले बताए ।
मृतकको लास अस्पतालबाट निकाल्न जबरजस्ती पिडितको हस्ताक्षर गराउन खोजिएपछि अस्पतालमा तनाव सिर्जना भएको थियो । रविनाको शवलाई उनका आफन्तले अस्पतालबाट केहिबेर अघि निकालेका हुन् ।
घटनाको बिषयमा अस्पतालले आधिकारीक रुपमा जानकारी गराएको छैन । अस्पताल प्रशासनसंग पटकपटक सम्पर्क गर्न खोज्दा घटनाबारे जानकारी दिइएको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस