धनगढी, १६ साउन । बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका ७० वर्षिय धनसिंह भण्डारी मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनी सोमवार बिहान वृद्धभत्ता बुझ्न गएका थिए। उनी वृद्धभत्ता बुझ्न गाउँपालिकाको वडा नम्बर ३ कुलाउ गएका प्रहरीले बताएको छ। पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ४ गोगनपानी भन्ने स्थनमा उनी मंगलवार बिहान मृत फेला परेका हुन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस