चितवन,साउन १४ : पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । गन्तव्यमा हिडेका सवारीसाधन सडकमै रोकिएका छन् ।
यसअघि शनिवारपनि सोही ठाँउमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस