चितवन, साउन ९:नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा यात्रुबहाक बस र ट्रक ठोक्किँदा ११ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जादै गरेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आज बिहान करिब साढे ७ बजेतिर एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस चालकको खुट्टा च्यापिएकाले निकाल्ने कार्य भइरहेको उनले बताए । उनका अनुसार बाटो पुर्णरुपमा अबरुद्ध भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस