चितवन, असार, २९ : यसवर्ष लामो समयपछि चितवनमा मकै सुकिने गरि खडेरि पर्यो । जस्ले गर्दा किसानहरुको मकै उत्पादनको के कुरा घोका पनि हाल्न नपाई बोटमै मरेको थियो । करिव एक महिनाको चर्को घाम अनि गर्मीका कारण मकै सुकेपछि किसानहरु तनावमा परेका थिए । खरेडिका कारण यसवर्ष कमै उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ । यस्तैमा पछिल्लो समय फेरी धान रोप्न समस्या हुन थालेको छ ।
नेपालमा मनसुन जारी रहेसंगै अहिले धान रोप्ने समय शुरु भएको हो । बिगतमा जिल्लामा यस समयमा करिव ५० प्रतिशत क्षेत्रफलमा धान रोप्ने गरेका थिए । तर यसवर्ष पश्चिम चितवनका किसानहरुले भने धान रोप्नै पाएका छनैन् । यस अघिको वर्षासंगै केहि स्थानको घोलमा धान रोपिए पनि अधिकांस स्थानमा भने बाझै रहेको छ । बारीमा बोरिङ्ग धसायकाहरुले भने रोपाई शुरु गरिसकेका छन् । जो आकासे पानी र सिञ्चाईको भरमा हुन्छन् । उनिहरु आकासको पानी र सिञ्चाईको पर्खाईमा छन् ।
भरतपुर २१ का रविन गुरुङ्गले समयमा पानी नभएकोले आफ्नो डेढ बिगाह जग्गामा बोरिङ्गको पानीले धान रोपेको बताउनु भयो । उहाँले सिञ्चाई अभावका कारण कति किसानहरुले खेतबारी खालीराख्न बाध्य भएको बताउनु भयो । गुरुङ्गले भन्नुभयो– “ मेरो घरमा बोरीङ्ग छ त्यसैले मैले डेढ बिगाह जग्गामा धान रोपेको छु । अहिले पानी धेरै परेको छैन घोलनै उठ्ने गरि । मेरो गाँउ तिरका किसानहरु सबै सिँचाइ र आकासे पानी कुरेर बसिरेहका छन् ।”
त्यस्तै यता पश्चिम चितवनको सिञ्चाईको जिम्मा पाएको नारायणी सिँचाइ आयोजनाबाट भने यसवर्ष पानी अलिढिलो आउने भएको छ । अहिले नारायणी लिफ्टमा मेसीन जडानको काम भइरहेको छ । लिफ्टका पुराना मोटर बिग्रियर नयाँ मोटर जडानको काम भइरहेको छ । भारतको कोलकत्ता र पोखराबाट मेसिन बनाउने जनशत्तिहरु मंगलबार आईसकेको नारायणी लिफ्टका प्रमुख घनश्याम कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ अहिले मेसिन मर्मतको कार्य जारि छ । पुराना सामानहरु मर्मत गरेको हैन आवश्यक केसिनहरु परिवर्तन गरिरहेका छौं । जस्को लगिा अस्ति भारत र पोखराबाट जनशक्तिहरु आई सकेका छन् ।”
उहाँले बिगतका वर्षहरुमा असार अन्तिम तिर सिञ्चाई खुल्ने भएपनि यसवर्ष मेसिन मर्मतकार्य जारी रहेकोले केहि ढिलाई हुने बताउनु भयो । प्रमुख कार्कीले “ बिगतका वर्षहरुमा पनि यहि सयम असार अन्तिम तिर सिञ्चाई छोडिन्थ्यो । यस वर्ष अलि ढिलो हुने भयो । जति सक्दो छिटो काम सम्पन्न गर्ने तर्फ हामी लागिरहेका छौं” भन्नुभयो ।
साथै उहाँले द्रुत गतिमा मर्मतको काम भईरहेको जानकारि दिनुभयो । लिफ्टको मेसिनहरु रु २६ करोडको ठेक्कामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेकाले आयोजनाको भनाई छ। नारायणी सिँचाइ आयोजनाबाट करिव २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन् । यस आयोजनाबाट पश्चिम चितवनको भरतपुर १४, १५, २१ नम्बर वडा लगाएत पर्ने गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस