चितवन, नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भरतपुरको सरकारी अस्पतालमा चालकसहित आठ जनाको उपचार भइरहेको छ । एक जना घाइते उपचारका लागि काठमाडौं गएका छन् । काठमाडौं गए पनि उनको अवस्था सामान्य रहेको डिएसपी पण्डितले बताए । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम छ । अरू सामान्य रहेको डिएसपी पण्डितले बताए ।
बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर जति तल खसेको पण्डितले जानकारी दिए । सडकबाट खसेको बस रूखमा अड्केको थियो । बसमा ४० जना यात्रु थिए । अरूलाई खासै केही नभएको डिएसपी पण्डितले जानकारी दिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीको नेतृत्वमा घटनास्थल पुगेको २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।
बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस