विराटनगर, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहालको अहिलेको मुख्य एजेण्डा छ सुशासन र समृद्धि । उनको यो एजेण्डाअनुसार भ्रष्टाचारीहरुको फायल खोल्ने र कारबाही गर्ने प्रक्रिया पनि जारी छ । तर, यहाँ सरकारको गृहप्रशासनकै निकाय जिल्ला प्रशासन कार्यालयमा खुलेआम सेटिङबाट असुली धन्दा चलिरहेको छ ।
नयाँ नागरिकता ऐन लागू भएपछि जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले अहिले नागरिकता लिइरहेका छन् । उनीहरुको दैनिक जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि लामो लाइन देखिन्छ ।
नागरिकता पाउन योग्यहरुलाई अझै पनि डर छ, फेरि नागरिकता नपाइने हो कि ? यही डर, त्रास र भीडको फाइदा उठाइरहेका छन् विचौलिया र कर्मचारीहरु । विराटनगर–१२ का मुकेश शर्मा (नाम परिवर्तन) को श्रीमतीको मृत्यु भइसकेको छ । उनको जन्मसिद्धको आधारमा नागरिकता छ । श्रीमतीको भने नागरिकता नबनाई मृत्यु भयो । उनका ५ जना सन्तान छन् । सबैभन्दा कान्छो सन्तान नै २२ वर्ष पुगेको उनी बताउँछन् । उनका सन्तानले साविक कानूनअनुसार नागरिकता पाउन नसक्ने देखिन्छ । तर, विराटनगर–१२ का जनप्रतिनिधिले सेटिङ गरेर नागरिकता मिलाइदिने भन्दै उनीबाट १० हजार रुपैयाँ नगदै लिए ।
‘मैले १० हजार रुपैयाँ रकम दिएको हुँ, त्यसपछि सिफारिस भयो । जिल्ला प्रशासनमा लाइनमा छ, काम हुन्छ भन्छन् । तर, अहिलेसम्म भएको छैन,’ उनले भने । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि यस्तै प्रकृतिका दर्जनौं मानिसहरु भेटिने नागरिकता पीडित संघर्ष समितिका नेता इसान खान बताउँछन् । ‘यो कुनै नौलो कुरा हो र, यो त भइरहेकै छ नि । पहिले पहिले त हामीले कुरा उठायौं । अब नसकिने रहेछ भनेर छोडेका छौं,’ खानले भने ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस