काठमाडौं, २६ असार । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।
चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । घटनास्थलमा ५ ओटा शव भेटिएको र १ यात्रु बेपत्ता भएको जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस