चितवन,२३ असार : नेपाल पत्रकार महासंघ चितवन शाखामा प्रेस चौतारी चितवन शाखाले तालाबन्दी गरेको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै आज तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाबाट सिफारिस भई बागमती प्रदेश समितिबाट असार २१ गते चितवन शाखाको सदस्यहरको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएकोप्रति प्रेस चौतारी चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीले महासंघको गेटमा ‘बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूचि खारेज गर, क्रियाशील पत्रकारलाई सदस्यता दे’ लेखेको कालो ब्यानर टाँसेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘पत्रकार महासंघ चितवनले सदस्यता नविकरणको नाममा प्रदेश समितिमा पठाएको नामावलीमा चितवन जिल्लामा क्रियाशिल रहेका पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नाम नै काटेर बागमती प्रदेश समितिमा पठाएको सूचि तल्काल खारेजीको जोडदार माग गर्दछौं’, ।
प्रेस चौतारी चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार क्रियाशील पत्रकारहरुलाई बदनीयतपूर्ण ढंगले कत्लेआम गर्नेगरी गरिएको निर्णयले पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको बताए ।
उनले प्रेस चौतारी चितवनले थालेको न्याय प्राप्तीको संघर्षमा साथ र सहयोग गर्न चितवनका पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिल संघ संगठनलाई अनुरोध गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस