काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेसहित प्रतिपक्षी दलले विरोध जनाएका हुन् ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागे्। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।
तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोज्दा एमालेसहितका दलहरुले उठेर विरोध जनाए । एमालेका सांसदहरुको नाराबाजी भएपछि सभामुख घिमिरेले बुधबार नै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस