चितवन । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समन्वय समिति चितवनले बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयले दूधको अनदुान काटेका आंशका गरेको छ । बागमती प्रदेशका १३ वटा जिल्लामा दुग्ध उत्पादक सहकारीमार्फत सीधै किसानको खातामा आउने रकम नआउने हो कि भन्ने आंशका पैदा भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष भगिरथ तिमिल्सिना, इन्चार्ज नारायणबहादुर कुँवरले निकालेको विज्ञप्तिमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयलाई किसानलाई दिने दूधको अनुदानको लागि ३० करोडको बजेटको व्यवस्थापन गर्न माग गरिएको छ ।
आब २०७९÷८० का लागि मन्त्रालयले जम्मा ५ करोड बजेट प्रस्तावित गरेको सुन्नमा आएकोले त्यसप्रति आपत्ति जनाइएको छ । गत आवको बजेटअनुसार नै ३० करोडमा वृद्धि गर्न माग गरिएको छ । दूधको अनुदानको रकम सीधै स्थानीय तहमा पठाइ एकद्वार प्रणालीबाट किसानको हातमा पुग्ने गरी व्यवस्थापन मिलाउनसमेत विज्ञप्तिमा अनुरोध गरिएको छ । सात दिनभित्र सबै किसानको खातामा पुग्ने गरी अनुदानको रकम उपलब्ध गराउनसमेत माग गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस