चितवन, असार १२ : आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । महानगरको १३औँ नगरसभाका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ ।
महानगरको नगरसभा आज सम्पन्न हुँदै छ । ‘मंगलबारका दिन नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने र वडा कार्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’, महानगरको सूचनामा भनिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस