काठमाडौं, गगनकुमार थापा नेपाली कांग्रेसका महामन्त्री ले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने संकेत गरेका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका हुन्।
‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो’, उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता थापाको यस्तो अभिव्यक्ति त्यसबेला आएको छ, जतिबेला नयाँ गठबन्धन निर्माणका लागि एमाले र कांग्रेसका दोस्रो तहका नेता संवादमा छन् भन्ने चर्चा भइरहेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस