चितवन, असार ८ : भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज (शुक्रबार) ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो ।
महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता दिएको छ । पछिल्लो समय नारायणी नदी किनारको अवैध संरचना पनि हटाएको थियो । स्थानीय आफैले केही संरचना हटाएपछि महानगरले डोजर चलाउन परेको थिएन । महानगरले नारायणी नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा तटबन्धनको कामलाई अगाडि बढाएको छ ।
तर ती स्थानहरुमा अवैध संरचना बनेकाले तत्काल हटाउन शुक्रबारबाट ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा संरचना नहटाइए महानगर आफैले हटाउने चेतावनी समेत दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस