काठमाडौं, ५ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ ।
सोही क्रममा पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
लुम्बिनी प्रदेशको स्थानमा अंक लेखिएकाले सच्याएर ल्याएमात्र छलफल हुन सक्ने भन्दै एमाले सांसद रघुजी पन्तले बताएपछि बैठक स्थगित गरिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस