काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाले आजबाट भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजबाट फिल्मको प्रदर्शनमा रोकेका हुन् । शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर प्रदर्शन रेकोपनि काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरका फिल्म हलमा भने भारतीय फिल्ममाथि रोक लगाइएको छैन ।
त्यस्तै ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् । आदिपुरुषले त्रुटि गर्यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत नभएको बताउँदै उनले भने, ‘बालेनले गरेको कुरा हामीले पनि गर्नै पर्छ भन्ने जरुरी छ र ?, ठिक छ सबैको आआफ्नो शैली हुन्छ । उहाँको शैली, स्टाइल र फर्म्याट हामीले फलो गर्नुपर्छ भन्ने कुनै पनि बाध्यता छैन ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस