चितवन, असार ४:पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम ८५ प्रतिशत सकिएको छ । ६.०८ किमी लामो यो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
आगामी मंसिरभित्र निर्माण सम्पन्न हुने गरी सडक विस्तारको काम भईरहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको शिलान्यास गरेका थिए ।
सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको हो । एक अर्ब १२ करोड रुपैयाँ लागतमा सडक विस्तार हुन लागेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस