काठमाडौं, जेठ ३० :आईसीसी विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन्। नेपालले चिरप्रतिद्वन्द्वी यूएईसँग पहिलो वार्मअप खल्दैछ। ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि खेल हुनेछ।
विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक्लो मुलुक हो। त्यसैले नेपालले यूएई र ओमानसँग वार्मअप खेल खेल्दैछ।
नेपालले यसअघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेल्दा दुवैमा पराजित भएको थियो। दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ।
यूएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ। पछिल्ला चार खेलदेखि यूएईविरुद्ध नेपाल अपराजित छ। नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ।
विश्वकप छनोटमा नेपालले असार ३ गते आयोजक जिम्बाब्वेको सामना गर्नेछ। नेपाल समूह ए मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै छ। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमन र यूएई छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस