चितवन, पछिल्लो दुई दशकदेखि नेपालमा एजुकेशन कन्सल्टेन्सीको व्यवसाय निकै फस्टाएको छ । शुरुका बर्षमा राजधानीमा मात्र केन्द्रित एजुकेशन कन्सल्टेन्सी अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् र फैलने क्रम अझै जारी छ। विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि जापानी भाषा जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन्।
नेपाल मा बेरोजगारी बढेसगै विदेशको शिक्षा पनि हुने र रोजगारी पनि हुने भन्दै नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन, नेपालमा एजुकेशन कन्सल्टेन्सी पनि बढेको छ । नेपालमा एजुकेशन कन्सल्टेन्सी बढे सगै नेपालमा एजुकेशन कन्सल्टेन्सीको क्षेत्र मा प्रतिस्पर्दा पनि उतिनै बढेर गयको छ । नेपालमा एजुकेशन कन्सल्टेन्सी मा प्रतिस्पर्दा बढे सगै नेपालमा एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन् भने केहि एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई आफूतिर तान्ने नाममा कयौ झुटा प्रलोभन का बिज्ञापनमा आस्वासन जस्ता कुराहरु, निशुल्क, जापानी भाषा जापानिज द्वारा, दुई लाख मा जापान, सित्तैमा अप्प्लाई देखी १००% छात्रवृत्ति सम्म देखायार विद्यार्थी लाई सुरुमा आफूतिर आकर्षण गर्ने र अन्तिमा अप्लाई गर्ने समयमा बिभिन्न कुरा को लागी भन्दै विद्यार्थी सग मोटो रकम असुल्ने गरेको समेत देखिन आयको छ । आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यती सम्मान निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् ! कसको आडमा यी एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई भ्रम छर्दै केहि राम्रो गरौ कसैलाई झुट नगरौ भन्ने एजुकेशन कन्सल्टेन्सी लाई पनि विद्यार्थी को नजरमा आफूजस्तै हो सबै एजुकेशन कन्सल्टेन्सीले फट्याई गर्छन भन्ने छाप पारेका छन् ।
के हो त जापानिज द्वारा निशुल्क जापानी भाषा भनेको ?
जापानिज द्वारा निशुल्क जापानी भाषा भनेको सोझो अर्थमा जापानिज नागरिक द्वारा एजुकेशन कन्सल्टेन्सी मा विद्यार्थी ले एजुकेशन कन्सल्टेन्सी लाई पढेको कुनै पनि शुल्क नतिरकन निशुल्क जापानिज भाषा पढ्ने भन्ने बुझिन्छ ?
तर चितवनमा अहिलेको परिबेशमा जापानिज द्वारा निशुल्क जापानी भाषा भनेको एजुकेशन कन्सल्टेन्सीका ठग हरुले बिधार्थी हरुबीच अनाबस्यक झुटा बिज्ञापन गरेर बिधार्थी लाई झुक्कायर आफूतिर तान्न को लागी गरीयको बिज्ञापन भन्ने बुझीन्छ। यसमा नत कुनै सत्यता छ नत कुनै मानबता लुकेको छ । छत केवल कसरी अनाबस्यक झुटा बिज्ञापन गरेर बिधार्थी लाई झुक्कायर आफूतिर तान्ने र सबै समग्र एजुकेशन कन्सल्टेन्सी पनि आफूजस्तै झुटा बिज्ञापन गर्छन भन्ने पर्ने हो ।
आज यस्ता एजुकेशन कन्सल्टेन्सीका झुटा जापानिज द्वारा निशुल्क जापानी भाषा लेखियका बिज्ञापन हरु सयौ को संख्यामा घरका भित्ता हरुमा बिजुलीका पोल हरुमा होड़ीङ्ग बोर्ड हरुमा लेखियको देख्न सकिन्छ।
यसरी सयौको संख्यामा चोक चोकमा जापानिज द्वारा जापानी भाषा लेखियका बिज्ञापन हरु देख्दा पनि सम्बधित निकायको ध्यान नजानु र आखिर कोस्ले के का लागी यो अनाबस्यक कुरा फैलाई रहेको छ भन्ने कुरा को सम्बधित निकायले चासो नदिदा एजुकेशन कन्सल्टेन्सीका ठगहरुलाई बिधार्थी हरुबीच अनाबस्यक झुटा बिज्ञापन गरेर बिधार्थी लाई आफूतिर तान्न प्रोत्साहन मिलिरहेको छ । समयमानै सम्बधित निकायको ध्यान पुग्न सकेन भने अझ बिकराल रुप नलेला भन्न सकिदैन ।
के हो त सित्तैमा अप्प्लाई भनेको ?
विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देशको नियम अनुसार अप्पलाई गर्न को लागी आबस्यक पर्ने डकुमेन्ट विद्यार्थी ले एजुकेशन कन्सल्टेन्सी लाई बुझाउने छ । एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी बाट डकुमेन्ट लिसके पछी विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देश जापान को नियम अनुसार डकुमेन्ट तयार गर्न को लागि एजुकेशन कन्सल्टेन्सीले आफ्नो सस्थाको नियम अनुसार शुल्क लियर अथवा नलिकन निशुल्क गर्न सक्दछ र विद्यार्थी ले एजुकेशन कन्सल्टेन्सीको नियम अनुसार शुल्क तिर्ने पनि गर्दछन्।
तर यदि कुनै एजुकेशन कन्सल्टेन्सीले आफ्नो बिज्ञापनमा निशुल्क भनेर बिज्ञापन गरेको छ तर विद्यार्थी सग अप्पलाई शुल्क लिन्छ भने त्यसलाई सरासर निशुल्क को नाम देखायर ठगि गरेको भन्ने बुझिन्छ। यस्ता ठग हरुको बद नियत ले गर्दा आज निशुल्क अप्लाई गर्छु भनेर विद्यार्थीलाई सेबा गर्न चाहने एजुकेशन कन्सल्टेन्सी हरुको समेत बदनाम गरायका छन् ।
जस्तो जापान अप्लाई गर्ने एजुकेशन कन्सल्टेन्सीले आफ्नो बिज्ञापनमा निशुल्क भनेर बिज्ञापन गरेको छ भने उसले विद्यार्थीलाई अप्लाई गर्नको लागी आबस्यक पर्ने डकुमेन्ट को बारेमा जानकारी गरिदिने र विद्यार्थी ले ल्यायको सबै डकुमेन्ट लाई जापान अप्लाई गर्नको लागि आबस्यक प्रक्रिया पुरा गर्ने जस्तो डकुमेन्ट चेक गर्ने देखि लियर कलेज को फर्म भर्ने सबै डकुमेन्ट लाई जापानिज भाषा मा परिबर्तन गर्ने र विद्यार्थीको सबै डकुमेन्ट लाई जापान समबन्धित् कलेज मा पठायर अप्लाई गर्ने काम लाई मात्र अप्लाई भनिन्छ। यो सबै काम गरेबापत शैक्षिक परामर्श केन्द्रले कुनै पनि शुल्क लिदैन भने त्यसलाई निशुल्क अप्लाई भनिन्छ । बिज्ञापनमा निशुल्क अप्लाई भनेर बिज्ञापन गर्ने र अप्लाई भनेको फर्म भर्नु हो अरु गरेको (डकुमेन्ट लाई जापानिज भाषा मा परिबर्तन गर्ने र विद्यार्थीको सबै डकुमेन्ट लाई जापान समबन्धित् कलेज मा पठाय पैसा लाग्छ) भन्छ भने तेस्लाई ठगि भन्ने बुझिन्छ। यस्ता ठगि गर्ने एजुकेशन कन्सल्टेन्सीको बिरुद्धमा विद्यार्थी आफै चनाखो भयर लाग्नु पर्दछ । एजुकेशन कन्सल्टेन्सीले बिज्ञापन मा भने अनुसार गरेको छ कि मलाई ठगिरहेको छ भन्ने कुरा विद्यार्थी आफैले बुझेर सतर्क हुनुको बिकल्प छैन ।
के हो त १००% सम्म छात्रवृत्ति भनेको ?
छात्रवृत्ति भन्नाले नेपाली विद्यार्थीले पढ्न चाहेको कलेज तथा विश्वविद्यालय को शुल्क पठाउदा आफुले पायको छात्रवृत्ति घटायर पठाउने भन्ने बुझिन्छ।
पछिल्लो समयमा आयर जापान अप्लाई गर्ने एजुकेशन कन्सल्टेन्सीले पनि १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको देखिन आयको छ । जापान अप्लाई गर्ने विद्यार्थी ले १००% सम्म छात्रवृत्ति पायर जापान अध्यान गर्न जान पाउनु भनेको हामी नेपाली विद्यार्थीको लागी धेरै खुसीको कुरा हो तर जापान मा नेपाली विद्यार्थी पढ्न जाने भनेको भाषा पढ्न को लागी हो र भाषा पढ्न जादा छात्रवृत्ति पाउन कठिनाई नै होला ।
तर एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी लाई छात्रवृत्ति दिलायर विदेश पढ्न जान पाउनु हामी नेपाली विद्यार्थीको लागी धेरै खुसीको कुरा हो। जापान अप्लाई गर्ने शैक्षिक परामर्श केन्द्रले १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको जस्तो विद्यार्थीले पनि पायर पढ्न जना पाउन यो नै हाम्रो कामना छ।
चितवनमा बिज्ञापनमा १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको कुन कुन एजुकेशन कन्सल्टेन्सीले यो बिज्ञापन लाई देखायर ठगी खाने भाडो बनायक छन् कि साच्चै १००% सम्म छात्रवृत्ति सम्म पठायका छन् । यो बिषयमा सम्बन्धित् निकाय को साथ साथै विद्यार्थी पनि चनाखो हुनु जरुरत छ। बिज्ञापनमा १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गर्ने एजुकेशन कन्सल्टेन्सी लाई विद्यार्थी ले नै १००% सम्म छात्रवृत्ति मा कहाँ पठाउन सक्नुहुन्छ । र आज सम्म कहाँ कतिजना पठाउनु भयो भनेर निदिखुदी गरियन भने यस्ता सधै झुटको बिज्ञापन गरेर ठगी खान पल्केका एजुकेशन कन्सल्टेन्सी हरुले सोझा साजा विद्यार्थी लाई सधै ठगीरहने छन् ।
माथिको सबै कुरा हेर्दा र एजुकेशन कन्सल्टेन्सीले बिज्ञापन मा भने अनुसार हो भने विद्यार्थी जापानमा पढ्न जान नेपालमा शैक्षिक परामर्श केन्द्रमा गयर भाषा पढ्दा देखी अप्लाई गरेर जापान जादासम्म र कलेजमा पनि कुनै शुल्क तिर्न नपर्ने देखिन आउछ।
के यो यथार्थ होत ? चितवन बाट जापानमा पढ्न जाने निशुल्क भाषा, सित्तैमा अप्प्लाई देखी १००% सम्म छात्रवृत्ति पायर अहिले सम्मान कति जना गय यो बारेमा अध्यान गर्नु पर्ने देखिन्छ । यदि यो झुट हो भने आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यती सम्मान निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् ! यस्ता निच ठगि गरेर पैसा कमाउन पल्केका एजुकेशन कन्सल्टेन्सी का सबै कुरा उदाङ्ग परेर कारबाहीको दायरमा ल्याउनु पर्ने देखिन्छ ।
यदि यो कुरा साचो हो भने सबैले त्यो एजुकेशन कन्सल्टेन्सी जसले निशुल्क भाषा, सित्तैमा अप्प्लाई देखी १००% सम्म छात्रवृत्ति प्रदान गरेर जापान पठाउने एजुकेशन कन्सल्टेन्सी लाई विद्यार्थी दिदा हुन्छ । विद्यार्थी स्वयम आफैले पनि त्यहाँ बाहेक अन्त बाट नगर्दा राम्रो हुन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस