काठमाडौँ, भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा संलग्न रहेको आरोपमा रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोधपुछका लागि बोलाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले त्यही नियन्त्रणमा लिएको हो ।
यसअघि सोही प्रकरणमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान अगाडि बढाएकाे थियो ।
आज मात्रै शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका थिए । शरणार्थीको नाममा ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनी सिंहदरबारबाटै पक्राउ परेका थिए । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस